देउवाका लागि भाडामा घर खोज्ने प्रयास जारी, घर नपाउँदा अझै केही दिन बालुवाटारमै बस्ने

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सर्नका लागि भाडामा घर खोज्ने प्रयास जारी छ ।

बुढानिलकण्ठस्थित निजी निवासमा मर्मतको काम जारी रहेका र अझै चार महिना लाग्ने भएकोले नयाँ घर खोजिएको हो ।

तर, अहिलेसम्म फेला भाडाँमा घर परेको छैन । त्यसैले देउवा अझै केही दिन बालुवाटार बस्नेछन् । आइतबार नेकपा एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

देउवा सरकारी निवासबाट नसरेकोले नवनियुक्त प्रधानमन्त्री दाहाल खुमलटारमै बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here