काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।
कांग्रेससँग गठबन्धन टुटाएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै ओली खुमलटार पुगेका हुन् ।
संसद विघटनपछि ओली दुई वर्षपछि पहिलो पटक प्रचण्ड निवास पुगेका हुन् । ओली र प्रचण्ड एक ठाउँमा उभिएसँगै पुनः वाम एकताको चर्चा हुन थालेको छ ।
नेकपा माअोवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आजै मात्र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका थिए ।