कांग्रेसको बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामा निर्वाचित भएका छन् ।

संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई ५ मतले हराउँदै लामा निर्वाचित भएका हुन् । इन्द्रबहादुर बानियाँ १६ मत ल्याए भने बहादुरसिंह लामाले २१ मत ल्याएका छन् ।

दलको नेताका लागि कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा बानियाँ मकवानपुरबाट र लामा नुवाकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here