न्यू इयर इभमा होटल याक एण्ड यतीको योजना, चार हजार रुपैयाँ ककटेल डिनर

काठमाडौं, १४ पुस । होटल याक एण्ड यतीले न्यू इयर इभलाई लक्षित गर्दै आकर्षक योजना सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ बर्षमा होटलले चार हजार रुपैयाँमै ककटेल डिनरको अफर ल्याएको हो। 

यसअन्तर्गत होटलमा रहेको लाउन्ज ७७, स्पाइस रुम, द चिम्नीमध्ये कुनै पनि रेस्टुरेन्टबाट सेवा लिन सक्ने होटलले जानकारी दिएको छ । अफ शनिबार साँझ ६ बजेदेखि सुरु हुने छ ।

सो अवसरमा पाहुनाले प्रि-डिनर ह्याप्पी आवरमा १५ प्रतिशत छुटमा पेय पदार्थ लिन सक्ने छन् । राति १२ बजेसम्म आयोजना हुने ककटेलसहितको रात्रीभोजमा वयस्कका लागि ४ हजार र बच्चाको लागि ४ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको होटलले जनाएको छ।

होटलका अनुसार यो समारोहमा पाहुनाले पश्चिमा र एसीयाली परिकारको स्वाद लिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here