ट्वीटरले ‘लक’ गर्‍यो प्रधानमन्त्री ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट

काठमाडौं । ट्वीटरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर अकाउन्ट ‘लक’ गरेको छ । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट लक भएको हो ।

कांग्रेसका सभापति शेरबहादुर देउवापछि प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रचण्डकै फोटो अपडेट गरिएको थियो । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट ‘लक’ गर्नु अर्थपूर्ण देखिन्छ ।

लक भएको अकाउन्टबाट राखेरका सूचना तथा सन्देशहरु अरुले हेर्न तथा कमेन्ट गर्न सक्दैनन् ।

प्रचण्डको सचिवालयले भने के खासै ठूला समस्या नभएकोले एकाउन्ट लक गरिएको बुझ्ने काम भइरहेको बताएको छ ।

अचानक केही परिवर्तन गर्दा लक हुनसक्छ, यसलाई सामान्य लिनुपर्ने सचिवालयको भनाइ छ । अचानक कभर, फोटो परिर्वतन भएर नै लक भएको हुन सक्ने आशंक गरिएको छ ।

उक्त अकाउन्टमा प्रचण्डको तस्वीर पनि आफूहरुले परिवर्तन नगरी अर्को अपलोड गरिएको सचिवालयको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here