अमेरिकामा भिषण गोली काण्ड : १ जनाले लिए २० को ज्यान, थुप्रै घाइते

टेक्सस, १९ साउन । अमेरिकाको टेक्सस राज्यमा एक युवाले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार बिहान ११ बजे टेक्ससको एल पासो क्षेत्रमा रहको सीएलओ वालमार्टमो यो गोली काण्ड मच्चिएको हो ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्र नजिकै पर्ने यस शहरमा भएको हताहतीमा परी ज्यान गुमाउनेको अझै पहिचान खुलिसकेका छैन ।

घटनामा मेक्सिकन नागरिक समेत पर्न सक्ने आंशका गरिएको छ । गोलीकाण्डमा कम्तिमा २६ जना घाइतेलाई अस्पताल पुर्याइएको अमेरिकी संचरमाध्यमहरुले उल्लेख गरेका छन् ।

काटो टीशर्ट र कानमा हेडफोन लगाएर छिरेको एक बन्दुकधारीले मलमा जथाभावी गोली प्रहार गरी नरसंहार मच्याएको बताईएको छ ।

स्थानीय प्रहरीले एक जनालाई घटनामा संलग्न रहेको आशंकामा प्रक्राउ समेत गरिसकेको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार पक्राउ पर्ने २१ वर्षिय प्याट्रिक क्रुसियस छन् ।

उनको संलग्नताबारे अनुसन्धान भइरहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टुइट गर्दै यो घटना घटना रहेको बताएका छन् ।

टेक्सस राज्यका गर्वनर ग्रेग एबॉटले राज्यले इतिहासमै सबैभन्दा दर्दनाक घटना व्यहोर्नु परेको भन्दै यस घटना संवेदनहीन हिंसा भएको बताएका छन् ।

एल पासो शहरका मेयरका मेयर डी मार्गोले कल्पना नै नगरिएको घटना भन्दै दुख व्यक्त गरेका छन् । अमेरिकामा गोली काण्ड सामान्य मानिन्छ ।

यहाँ लाइसेन्स लिएर आत्मसुरक्षाका लागि सर्वसारणले सजिलै हतियार राख्न पाउँछन् । तर, यसको व्यापक दूरुपयोग भइरहेको छ अमेरिकामा अन्धाधुन्ध गोली काण्डकै कारण हरेक वर्ष सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।

व्यस्त मल, होटेल, रेष्टुरेन्टजस्ता व्यस्त शहरमा यस्ता घटना बारम्बार भइरहन्छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here