भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। उनकी आमा हीराबाको एक सय वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो।

नरेन्द्र मोदी आफैंले सामाजिक सञ्जालमा आमाको निधन भएको जानकारी दिएका छन्।

स्वास्थ्यमा समस्या देखिएसँगै उनलाई यूएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो।