स्वास्थ्य परीक्षणको लागि सिंगापुर उडे प्रधानमन्त्री ओली

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राती सिंगापुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिंगापुरकाे चर्चित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ । उनको त्यँहा एक हप्तासम्म स्वास्थ्य परीक्षण र उपचार हुनेछ ।

प्रधानमन्त्री ओलीकाे १२ वर्ष अगाडी भारतमा मिर्गाैला प्रत्याराेपण गरिएकाे थियाे । त्यसपछि उनलाई नियमित स्वास्थ्य परीक्षण गराइरहनु पर्छ । यसअघि पनि उनले थाइल्याण्डमा स्वास्थ्य परीक्षण गराएका थिए ।

आराम गर्न सिंगापुर जान लागेकाे भनेर केही दिन यता सञ्चारमाध्यममा उनकाे निकै आलोचना भएको थियाे । तर, उनले सिंगापुर प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुसँग आफू स्वास्थ्य परीक्षणको लागि सिंगापुर जान लागेको बताए ।

प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेका छन् ।

विमानस्थलमा उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपा महासचिव विष्णु पौडेल लगायत पुगेका थिए ।

स्वास्थ्य परीक्षण गरेर उनी साउन २४ गते स्वदेश फर्कने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here