आयात रोकेकै बेला नेपाल भित्रिए १४ हजारभन्दा बढी आईफोन १४ म्याक्स

काठमाडौं । सरकारले आयात रोकेकै बेलामा नेपालमा १४ हजारभन्दा बढी आईफोन फोर्टिन म्याक्स भित्रिएको छ ।

सरकारी तथ्यांक अनुसार तीन महिनामा एक लाख ५५ हजारदेखि तीन लाख १५ हजार रुपैयाँसम्म पर्ने आईफोन फोर्टिन म्याक्स अवैधरुपमा आयात भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएअनुसार हरेक हप्ता एमडीएमएस प्रणालीमा एक हजार छ सय वटा अवैध आईफोनहरु दर्ता भइरहेका छन् भने नेपालका आइफोनको आधिकारिक बिक्रेताको रुपमा चिनिएको जेनरेशन नेक्स्टले आयात गरेको मोवाइलको संख्या नगन्य मात्रै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here