देउवा-प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता, विश्वासको मत दिने संकेत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

प्रचण्ड १८ महिनासम्मको सहयात्रापछि छुटेका देउवाको समर्थन लिन धुम्बाराही पुगेका देउवा-प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको छ ।

देउवा निवास पुगेका प्रचण्डले गठबन्धन टुटे पनि आफूले कांग्रेससँगको गठबन्धनबाट जितेको नभुलेको भन्दै विश्वासको मत दिन आग्रह गरेका थिए ।

देउवाले भोलि संसदीय दलको बैठक बसेर निर्णय गर्ने आश्वासन प्रचण्डलाई दिएका छन् । प्रचण्डलाई अहिले १६९ सांसदको समर्थन छ। मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् ।

नेपाली कांग्रेसभित्र प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्ने आवाज उठिरहेका बेला सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसको संकेत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here