प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने, संसद् बन्यो प्रतिपक्षीविहीन

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णय गरेको छ ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

उक्त निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here