विश्वासको मत माग्दै प्रचण्डले भने ‘आत्मसमीक्षासहित उभिएको छु,सबै मिल्नुको विकल्प छैन’

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्।

प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले राजनीतिक दल मिल्दा देशले निकास पाएको र नमिल्दा देशमा गतिरोध पैदा भएको बताए। यसका लागि दलहरूबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता भएको बताए।

प्रचण्डले आफू आत्म स्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको भन्दै विगत २ पटकका अनुभवबाट यस पटक कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् ।

उनले प्रधानमन्त्रीका रूपमा आफू निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको बताएका छन् ।

प्रचण्डले यस पटक सिंगो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको भन्दै प्रधानमन्त्रीको यो कार्यकाल इमानदार स्वीकारोक्तिसहित केही न केही गर्ने बताएका छन् ।

देशलाई निकास दिन र नेपाललाई समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए। प्रचण्डले भने, ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन। सबै मिल्नुको विकल्प छैन। राष्ट्रिय सहमतिको आवश्यकता छ। हामीले पहुँच होइन विधिको शासन सुरु गर्नुपर्छ। त्यसका लागि सबै मिल्नुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here