एक वर्षभित्रमा सहज रुपमा राष्ट्रिय परियचयपत्र बाँडिने, सबै नेपालीलाई ६ महिनाभित्र नागरिकता

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एक वर्षभित्रमा सहज रुपमा राष्ट्रिय परियचयपत्र बाँडिने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले ६ महिनाभित्रमा सबै नेपालीलाई नागरिकता र एक वर्षभित्र राष्ट्रिय परियचयपत्र बाँडिने बताएका हुन् ।

न्यायपालिकाको सुधार र सुदृढीकरण, भ्रष्टाचार नियन्त्रणमा आफ्नो प्रतिवद्धता रहेको प्रचण्डले बताए।

देशको आर्थिक वृद्धिदर २ अंकको बनाउने लक्ष्यका साथ काम गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सो लक्ष्य हासिल गर्न सबैको साथ र सहयोग चाहिने बताए।

उनले भने, ‘विश्व आर्थिक मन्दीको चपेडामा छ। हामी पनि यसको मारमा छौँ। स्वदेशकै आर्थिक सूचकांक पनि सकारात्मक छैनन्। राजश्व लक्ष्यको २५ प्रतिशतमात्र, वैदेशकि अनुदान २७ प्रतिशतमात्र प्राप्त भएको छ। वैदेशिक अनुदानको जम्मा लक्ष्यको ६ प्रतिशतमात्र पूरा भएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here