देउवालाई धन्यवाद दिँदै ओलीले भने-‘माछा नभएको खोलामा कांग्रेसले जाल फ्याक्यो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा आशंका गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् ।

धन्यवाद दिदै उनले भने कांग्रेसले कुनै जालसाक्षी नगरिकनै विश्वासको मत दिएको नै हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याकेको दाबी गरे ।

ओलीले भने- यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ । यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।

ओलीले अब संसदमा विपक्षी नरहेको भन्दै सरकारका गलत कामको विरोध त सरकारमै सहभागी दलका सांसदहरूले पनि गर्ने बताए ।

कांग्रेसको निर्णयप्रति व्यंग्य गर्दै ओलीले देउवालाई डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताए । उनले यस क्रममा विश्वासको मत दिएकोमा कांग्रेसलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि अब संसद्‍मा राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टी मात्रै प्रतिपक्षी दलको रुपमा रहने छन् ।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले प्रधानमन्‍त्री पुष्पकमल दाहालले राखेको प्रतिबद्धता स्वागतयोग्य भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here