संसद प्रतिपक्ष विहीन बनेकोप्रति चित्रबहादुरको आक्रोश, सबै सरकारमा बस्ने यो कुन किसिमको समर्थन ?

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संसदीय व्यवस्थामा प्रतिपक्ष विहीन अवस्था बनेकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेपछि प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असन्तुष्ट व्यक्त गरेका हुन् ।

‘नेपालमा आज विचित्र के भयो भने भएभरको सबै सरकारमा बस्ने । सत्ता पक्षमा बस्ने यो भन्दा के आनन्द होला !,’ उनले भने, ‘यो कुन किसिमको समर्थन हो मैले नै बुझेको छैन ।’

उनले प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गरेपछि धेरै कुरा आएको बताए । ‘हुँदा हुँदा विगतका भएका संसद् विघटनका कुर आयो । संसद् विघटन गर्न पाउनुपर्छ भनेर कुरा आयो,’ उनले भने ।

ओलीलाई संकेत गर्दै नेता केसीले भने, ‘संविधानमा व्यवस्था नै नभएको संसद विघटन गर्न पाउनुपर्छ यो प्रजातान्त्रिक हक अधिकारी हो भन्दा मलाई अप्ठ्यारो पर्‍यो । मैले बुझेको संसदमा बलियो प्रतिपक्ष हुन्छ । त्यसो नभएर सरकार निरंकुश हुन्छ ।’

सबै दल सरकारमा सहभागी भएर विगतमा भएका गल्ती कमजोरीलाई ढाक्ने र त्यहीमाथि लडेर एउटालाई पन्छाएर अर्को सरकारमा आउने खेल चलिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here