प्रधानमन्त्रीबाट बधाई थाप्न एकाबिहानै मुख्यमन्त्री जम्मकट्टेल बालुवाटारमा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालसँगको भेटवार्ताका लागि मुख्यमन्त्री जम्मकट्टेल आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री जम्मकट्टेलबीच बधाई आदानप्रदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here