बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

काठमाडौं । गठबन्धनकै प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र०का शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अझै सुरु भएको छैन । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु नभएको हो ।

संसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिसकेको छैन।

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्ने ओली बालुवाटार पुगेका हुन्। यसअघि बुधबार साँझ ‌ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनको निवास बालकोट पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here