‘पिर्के सलामी’ विवादमा परेपछि गृहमन्त्री लामिछानेले भने-‘प्रोटोकल भत्काउन सकिदैन्’

काठमाडौं । कार्यक्रम सञ्चालक हुँदा अन्यलाई ‘पिर्के सलामी’ भन्दै उडाउने रवि लामिछाने गृहमन्त्री बनेपछि आफैँ पिर्के सलामी लिएपछि अहिले सामाजिक सञ्जालमा पक्षरविपक्षमा चर्को बहस चलिरहेको छ।

उपप्रधान तथा गृहमन्त्रीको रूपमा सरकारी क्वाटरमा सर्दा सलामी लिँदा उनी पिर्कामाथि चढेका थिएनन्। उनी निकटहरूले त्यही तस्बिरलाई परिवर्तनको रूपमा प्रचारमा ल्याए।

तर शनिवार सशस्त्र प्रहरीको कार्यक्रममा उनै रवि पिर्कामाथि चढेर सलामी लिएपछि उनी आलोचकको केन्द्रमा परेका छन्।

प्रहरीको पिर्के सलामी खाएपछि विवादमा परेको गृहमन्त्री रवि लामिछानेले कुनै पनि संस्थाको प्रोटोकल भत्काउन आफूले नसकिने बताएका छन् । पछिल्लो समय नेपाल प्रहरीको कार्यक्रममा पिर्के सलामी खाएपछि लामिछाने विवादित बनेका थिए ।

उनले भने ‘संस्थाको आफ्नै प्रोटोकल हुन्छ, त्यो म भत्काउन सक्दिन। म व्यक्ति ठूलो होइन। आफ्नै प्रोटोकल नभत्काउनुस्। मैले भनेकै छु, मलाई केही चाहिँदैन। देखाउनका लागि होइन।’

नेपाल प्रहरीको जिम्मेवारी आम नागरिकको सुरक्षा दिने भएको बताउँदै नागरिकको सुरक्षामा कुनै पनि कसर बाँकी नराख्न प्रहरीलाई उनले निर्देशन दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here