प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, प्रधानमन्त्रीका ज्वाइँसहित तीन मन्त्रीले लिए शपथ

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गरेका छन् । आज तीन मन्त्रिले शपथ लिएसँगै प्रदेसमा सात सदस्यको मन्त्रिमण्डल बनेको छ ।

कार्कीले नेकपा माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाई र मोरङका जीवन आचार्य, एमालेबाट सोलुखुम्बूका बुद्धिकुमार राजभण्डारीलाई शपथ गराएका हुन् । आलोपालोको माग गर्दै सरकारमा नजाने निर्णय गरेको माओवादी आजबाट सरकारमा सहभागिता जनाएको हो ।

नवनियुक्त तीनै जना मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ हुन् ।

आचार्य दाहालकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन् । सोमबार प्रदेश १ मा मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

अब ७ सदस्यीय मन्त्रिपरिषद् भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताए । अहिले मन्त्रिपरिषद्को कार्यविभाजन विश्वासको मत लिएपछि गर्ने मुख्यमन्त्री कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here