प्रत्येक प्रदेशबाट एक/एक छात्रालाई निशुल्क बिजनेश म्यानेजमेन्ट पढ्ने अवसर

काठमाडौं, १९ साउन । नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक/एक जना छात्रालाई स्नातक तहका विद्यार्थीका लागि छात्रवृत्तिको लागि आवेदन आह्वान गरेको छ ।

छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहन तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरी विद्यार्थीलाई रोजगारमुखि शिक्षा प्रदान गर्नु भएको चेम्बरले बताएको छ ।

यो छात्रवृत्ति प्राप्त विद्यार्थीले ए.पि.यु.सँग आबद्ध एल.बि.इ.एफ.(लर्डबुद्ध) क्याम्पस मैतिदेबिमा ३ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाउने छन् ।

+२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिन पाउने बताईएको छ ।

यस योजनाबाट महिला विद्यार्थीहरुले लाभ लिन सक्नेछन् किनकि यस योजना अन्तर्गतका प्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको पनि चेम्बरले बताएको छ ।

यो विषय अध्ययन गर्न चाहने छात्रा छात्रवृत्तिमा परेमा ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्रदान गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here