वर्षातको मौसममा खानुहोस यी ५ खानेकुरा, जसले राख्छ बिरामी हुनबाट टाढा

काठमाडौं । अहिले वर्षातको मौसम चलिरहेको छ । हाम्रो देश कृषि प्रधान देश भएकाले वर्षायामको निकै नै ठूलो महत्व छ ।

राम्रोसँग पानी परेर किसानहरुले बेलैमा खेती गर्न पाए भने उत्पादन राम्रो भएर देशको कुल ग्राहस्थ उत्पादनमै वृद्धि हुन्छ ।

त्यस्तै अत्याधिक वर्षाको कारण समस्या पनि निम्तन्छ । धेरै वर्षाको कारण बाढी पहिरो जस्ता प्राकृतिक विपत्ती निम्तन्छन् जसले वर्षेनी ठूलो धनजनको क्षति गराउँछ ।

हाम्रो देशमा खासगरी असार, साउन र भदौ महिनालाई वर्षायाम मान्ने गरिन्छ । धेरै पानी पर्ने यो मौसममा हामीले हाम्रो स्वास्थ्यमा धेरै ख्याल गर्नुपर्छ ।

विशेषगरी यस अवस्थामा पानी प्रदुषण हुनेदेखि विभिन्न प्रकारका अन्य समस्याहरु पनि हुने गर्दछ ।

त्यसकारण वर्षायाममा विशेषगरी खानेकुरामा ध्यान दिन आवश्यक हुन्छ । वर्षायामको समयमा स्वस्थ रहन खानुपर्ने खानेकुराहरु यस्ता छन् ।

१. सुप

धेरै मानिसहरु पानी परेको समयमा तातो तातो समोसा तथा पकौडाहरु खान मनपराउँछन् । तर, यो बानी राम्रो होइन् ।

वर्षातको समयमा धेरै चिल्लो हुने समोसा पकौडाको सट्टा सुप खाने बानी बसाल्नु पर्दछ । सुपमा धेरै मात्रामा न्युट्रिसन हुने कारण हामीले खाएका खानेकुराहरु सजिलै पच्ने गर्छ ।

२. उमालेको खानेकुराहरु

तरकारी र तरकारीजन्य खानेकुराहरु उमालेर खाने गर्नुपर्दछ । यसो गर्दा तरकारीको पौष्टिक तत्व नष्ट हुदैन् तर त्यसमा भएका किटाणु भने नष्ट हुने गर्छ । उमालेको ब्रोकाउली, गाँजर, गोलभेडा जस्ता तरकारीहरु खाँदा स्वास्थ्यलाई राम्रो हुन्छ ।

३.स्मूदी

पानी परेको समयमा फलफूलको जुस खानु भन्दा बाक्लो स्मुदी बनाएर खानु स्वास्थ्यको लागि धेरै फाइदा हुने गर्छ । ताजा फलफुल र तरकारीहरुबाट बनेको स्मूदी स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

४. सुख्खा खानेकुराहरु

पानी परेको समयमा सुख्खा खानेकुराहरु खाने गर्नुपर्छ । यस्तो खानेकुरा खाँदा हाम्रो शरीरमा धेरै मात्रामा उर्जा उत्पन्न हुने गर्दछ । जसले रोगका किटाणुहरुसँग लढेर हाम्रो शरीरलाई सुरक्षित राख्ने काम गर्छ ।

५. तुलसीको पातसहितको चिया

पानी र चियाको गहिरो सम्बन्ध रहेको छ । पानी परेको समयमा तुलसीको पत्ताको चिया खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here