नेटवर्कमा आएको खराबीप्रति नेपाल टेलिकमले माफी माग्यो

काठमाडौं । नेपाल टेलिकमको सबै नेटवर्क अवरुद्ध भएको प्रति माफी मागेको छ । मंगलवार साढे १२ बजेदेखि कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोनको सेवा अबरुद्ध बनेको थियो ।

समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदानप्रदानमा ग्राहकहरूलाई असहज भएको भन्दै टेलिकमले माफी मागेको हो।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ। सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।

टेलिकमले एक विज्ञप्ति निकाल्दै भनेको छ- साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहक महानुभावहरुमा अनुरोध गर्दछ ।’

नेपाल टेलिकमको सबै नेटवर्क अवरुद्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here