स्पोटीफाइले पनि गर्दैछ कर्मचारी कटौती

काठमाडौं । स्विडेनी संगीत(स्ट्रिमिङ जायन्ट स्पोटिफाइले ६ प्रतिशत जनशक्ति कटौती गरेको छ ।

कम्पनीले कर्मचारीको दक्षता सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै आफ्ना १००० कर्मचारी कटौती गर्न थालेको हो । ‘म हाम्रो राजस्व वृद्धि अघि लगानी गर्न धेरै महत्वाकांक्षी थिएँ’, मालिक डेनियल एकले कम्पनीको ब्लगमा लेखे।

अनलाइन संगीत बजारमा यसको लोकप्रियताको बाबजुद स्पोटीफाइले कहिल्यै पूरा वर्षको शुद्ध नाफा पोस्ट गरेको छैन।

स्पोटीफाइ माइक्रोसफ्ट र अल्फाबेटको बाटो पछ्याएको देखिन्छ । जसले कम्पनीको राजस्वका कारण कर्मचारी कटौतीको घोषणा गत हप्ता मात्र गरेका थिए ।

गुगलको स्वामित्वमा रहेको अल्फाबेटले १२ हजार रोजगारी गुमाउने बताएको छ भने माइक्रोसफ्टले १० हजार कर्मचारीले आफ्नो जागिर गुमाउने बताएको छ । ‘आज हामीलाई यहाँसम्म पुर्‍याएको कदमको लागि म पूर्ण जिम्मेवारी लिन्छु’ एकले थपे।
किन निकालिरहेका छन् विश्वका ठूला टेक कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here