निफ’मा ३५ देशका ९५ फिल्म, परम्परा तोड्दै क्यूएफएक्समा देखाइने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)को छैटौं संस्करणमा परम्परा तोड्दै हलमै फिल्म देखाइने भएको छ ।

प्रतिस्पर्धी फिल्म देशको ठूलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ। ३५ देशबाट छनोट गरिएका ९५ फिल्मलाई सहभागीहरुले हेर्न पाउनेछन् ।

यस पटक महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने छ। ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको हो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ। निफ आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here