धनकुटा यातायातका प्रमुखमाथि कालोमोसो दलियो, आरोपित फरार–भिडियो भाइरल

धनकुटा, १२ माघ । यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो दलेर दुव्र्यवहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

घुस लिएर मात्र लाइसेन्स निकालिदिने गरेको र आफ्नो मान्छेलाई लाइसेन्स नदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्ष भित्र पसेर मोसो दली दुर्व्यवहार गरेको प्रहरीको भनाई छ । कालोमोसो दलेको भिडियो सामाजिक सञ्जारमा भाइरल छ ।

कार्यकक्षमा बसिरहेको बेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ। मोसो दलेर दुर्व्यवहार भएको सूचना पाएपछि पुगेको प्रहरीले आरोपित फेला नपारेको र खोजी भइरहेको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here