वैशाख १ मा एकआपसमा भिड्दै पाँच नेपाली चलचित्र, दयाहाङका दुई फिल्म

काठमाडौं । वैशाख १ एउटै मितिमा लागि पाँच नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । दयाहाङ राईको मुख्य भूमिका रहेको ‘बिहे पास’, ‘जारी’ र ‘भगवत् गीता’, ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’ प्रदर्शनमा आउन लागेका हुन् ।

बिहीवार मात्रै ‘बिहे पास’चलचित्रको निर्माण टिमले प्रदर्शन मितिका रुपमा वैशाख १ गते रोजेसँगै उक्त मितिका लागि प्रदर्शन घोषणा गरेका चलचित्रको संख्या पाँच पुगेको छ ।

प्रदर्शन मिति घोषणा गरेकामध्ये एउटा वा दुईवटा चलचित्र पछि हटेपनि कम्तीमा ३ वटा चलचित्रबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिएको छ ।

यसअघि ‘भगवत गीता’, ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘जारी’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । झरना थापाको निर्देशन रहने ‘भगवत् गीता’को छायांकन सुरु भइनसकेकाले उक्त मितिमा रिलिजको सम्भावना न्यून देखिन्छ ।

प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिका साथै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम लगायतका कलाकारको अभिनय छ।

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here