बाबर लगातार आईसीसीको ओडीआई वर्ष खेलाडी घोषित

एजेन्सी । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम आईसीसीको ओडीआईतर्फको वर्ष खेलाडी घोषित भएका छन् । एकदिवसिय वरियतामा लामो समयदेखि शीर्ष स्थानमा रहेका बाबर २०२२ को वर्ष खेलाडी घोषित भएका हुन् ।

उनी अघिल्लो वर्षपनि ओडीआई वर्ष खेलाडी घोषित भएका थिए । बाबरले २०२२मा ९ वटा मात्रै एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेपनि ८४.८७ को औसत र तीन सतकसहित ६ सय ७९ जोड्दै स्मरणिय बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here