नमूना वडा बनाउन लोकप्रिय काम गर्छु – वडाध्यक्ष खत्री

दोधारा । दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले जनतामाझ लोकप्रिय काम गरि वडालाई नमुना वडा बनाउने बताएका छन् ।

दोधारा चाँदनी– ५ मा अतिक्रमित जग्गा खोली सडक निमार्णको क्रममा वडाध्यक्ष केशव खत्रीले नमुना वडा बनाउने योजना रहेको बताएका छन् । वडामा शिक्षा, सडक, स्वास्थ्य र कृषिलाई अग्र भागमा राखेर काम गर्दै आएको उनले बताएका छन् ।

वडामा शिक्षाको पहुचलाई बिस्तार गरी सुलभ र सरल तरिकाले गरिब, अल्पसंख्यक तथा वडामा पिछडिएका बर्ग सम्म पुऱ्याउने आफ्नो लक्ष्य रहेको दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बताएका छन् ।

वडामा रहेका गरिब तथा बिपन्नहरुलाई केही दिन अघि अष्ट्रेलियाबाट ब्यक्तीगत सहयोग संकलन गरि सहयोग गर्दै आएका वडाध्यक्ष खत्रीले बिभिन्न समयमा जनमुखी कार्य गरि चर्चा कमाउदै आएका छन् ।

अझै सम्म भाडामा संचालन भईरहेको वडा कार्यालयको दिगो ब्यवस्थापनको लागी वडा स्थित रहेको भट्टी नालामा अतिक्रमित सरकारी जग्गा छुट्याएर वडा कार्यालय निमार्ण गर्न वडाध्यक्ष खत्रीले सुरसार कसेका छन् । अधिकांस वडाबासी कृषीमा आश्रित भएको हुदा कृषकको लागी कृषिमा आधुनीकरण गर्ने र कृषि उत्पादनलाई बढावा दिने योजना रहेको बताए ।

नेपाल सरकारबाट पाएको सेवा सुबिद्याबाट गरिब तथा बिपन्नहरुलाई सघाउदै आएको वडाध्यक्ष खत्रीले वडामा रहेको अतिक्रमित जग्गा छुट्याउने कार्यमा लागिपरेका छन् । वडाध्यक्ष खत्रीको कार्यको स्थानियबासीले उच्च प्रशंसा गर्दै वडाध्यक्ष केशव खत्रीले गर्दै आएका काममा सघाउदै आएको स्थानियबासीहरुले बताएका छन् ।

यसै क्रममा आज वडाको शिवनगर टोलमा झण्डै ४ सय मिटर अतिक्रमित जग्गा खालेर सडक संचालन गर्न सफल भएका छन् । अतिक्रमित जग्गा छुट्याउन सहयोग गरेको भन्दै स्थानियबासीलाई वडाध्यक्ष खत्रीले धन्यबाद दिएका छन् ।

वडमा रहेका अतिक्रमित सरकारी जग्गालाई छुट्याउन सघाउन सबैलाई वडाध्यक्ष खत्रीले अनुरोध गरेका छन् । ‘वडाको समृद्धि र बिकासको लागी धेरै योजना बनाएको छु जसले वडाको मुहार नै फेर्छ्’ वडध्यक्ष केशव खत्रीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here