रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी । रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा म्याड्रिडले अतिरिक्त समयमा एट्लेटिको म्याड्रिडलाई ३–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

अतिरिक्त समयमा करिम बेन्जेमा र भिनिसियस जुनियरले एकरएक गोल गरे । एट्लेटिकोले अल्भारो मोराटाको गोलमा अग्रता लिएपनि रोडरिगोलले बराबरी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here