सार्वजनिक यातायात सुधारमा अध्ययन गर्न समिति गठन

काठमाडौं, १३ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदल ७ सदस्यीय बनेको छ। कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इञ्जीनियरिङ क्याम्पसका प्राध्यापक डा पदमबहादुर शाही, यातायातविज्ञ मधुसुदन आचार्य र इञ्जीनियर विजय गौतम सदस्य छन्। यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहने गरी कार्यदल बनाइएको हो। साथै यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here