विश्वकप लिग-२ का लागि २८ खेलाडी बन्द प्रशिक्षणमा, परेनन् सन्दीप, देव र आदिल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

२८ जना खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएपनि बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछाने सोही प्रकरणमा नाम जोडिएका खेलाडी देव खनाल समेत उक्त सूचीमा छैनन्।

केही दिनअघि सम्पन्न टी २० लिगमा स्पट फिक्सिङको आरोप लागेका मोहम्मद आदिल आलमलाई क्यानले समेटेको छैन। लिग टूको सिरिजका लागि कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी बोलाइएको छ ।

त्यस्तै शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल, सन्दीप जोरा, यसैगरी किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रशिक्षका लागि बोलाइएका नयाँ क्रिकेटहरुमा मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ रहेका छन् ।

नेपाल-नामिबिया-स्कटल्यान्डको त्रिदेशीय सिरिज फागुन २ गते सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here