यसकारण भनिएको जम्मू-कश्मीरलाई भू-स्वर्ग (तस्वीरसहित)

जम्मू-कश्मीरको सुन्दरतालाई लिएर संसारभरका पर्यटक लोभिन्छन् । यसको चर्चा पर्यटन बजारमा खास मानिन्छ ।

यहाँको राजनीतिक खिचातानी र आंतकवादको श्रृंखलाले यो स्थान जति आतातायी छ, त्यति नै सुन्दर भू-वनावट र अवस्थितिका कारण लोभित बनाउन सक्ने क्षमता पनि ।

जम्मू कश्मीरका केही स्थान प्राकृतिक सुन्दरता कारण ज्यादै आकर्षक मानिन्छन् । त्यसमध्ये एक स्थान हो डल झील । तालको पानी जब अधिक चिसोका कारण जमेर बरफ बन्छ, त्यसपछि उक्त मैदानमा पर्यटक खुब रमाउने गर्छन् ।

जम्मू-कश्मीरको सोनमर्ग अर्को एक आकर्षक पर्यटकीय स्थान हो । समुन्द्र सतहबाट २७४० मिटरको उचाईमा अवस्थित यो स्थान हिउले सेताम्य पहाडी श्रृंखलाका कारण चर्चित छ । सोनमर्गको स्थानीय मतलव सुनको मैदान हो ।

त्यसो त जम्मू शहर आफैमा एक आकर्षक र सुन्दर शहर हो । यो शहर जम्मू कश्मीर राज्यको शीतकालिन राजधानीका रुपमा परिचित रहेको छ ।

यसलाई मन्दिरै मन्दिरको शहरका रुपमा पनि चिनिन्छ । किनकी यो राज्यमा हिन्दु राजाको शासन थियो । अहिले पनि एक से एक आकर्षक मन्दिरले जम्मू शहरलाई शोभायमान बनाएको पाइन्छ । यो शहरको स्थापना ८ औं शताब्दीमा राजा लोचनले गरेको मान्यता छ ।

जम्मूसँगै जोडिएको विश्वप्रसिद्ध धार्मिक स्थल वैष्णोदेवी धाम समस्त हिन्दु धर्मात्मका लागि पुग्नै पर्ने गन्तब्य हो । जम्मूमा डोगरा राजवंशको महलमा स्थापना भएको भब्य संग्रहालय पनि यहाको मूख्य आकर्षण हो ।

भारत र पाकिस्थान बीचको युद्ध भएको स्थान कारगिल संसारभरका पर्यटकको चासोको केन्द्र हो । यहाँ सन् १९९९ मा दुई मुलुकबिच भिषण युक्त भएको थियो । यो बौद्धमार्गीका लागि आस्थाको केन्द्र हो । थुप्रै आकर्षक बौद्ध बिहार र चैत्यहरु यहाँ निर्माण भएका छन् ।

जम्मू कश्मीर स्थित बेताब घाँटी उन्मत्त प्राकृतिक छटाका कारण विश्वचर्चित छ । मनमोहक वातावरण, पहाड, स्वच्छ वातावरण, कलकल बग्ने नदी र वनस्पतिले यो स्थानले बेग्लै पहिचान कायम गरेको छ ।

श्रीनगर शहर नजिकै रहेको नागिन झील यहाँको अर्को आकर्षक स्थान हो । कश्मीरको सबैभन्दा आकर्षक हिलस्टेशन पहलगाम नपुगी फर्कदा यस भेगको यात्रा नै पुरा हुँदैन भन्ने मान्यता छ ।

समुन्द्री सतहबाट २१३० मीटरको उचाईमा अवस्थित पहलगाम लिद्दर नदीको उदगम स्थल पनि हो । हिन्दु धर्मावलम्बी जब चारधाम यात्रामा निस्कन्छन्, उनीहरुको पहिलो गन्तब्य पहलगाम हुन्छ ।

श्रीनगर शहर जम्मू कश्मीरको ग्रीष्मकालिन राजधानी हो । मुगल कालमा निर्माण भएको यो शहर गर्मीको मौसममा शितलता प्रदान गर्ने शहरका रुपमा प्रख्यात छ । मुगल बादशाहहरुले यो शहरलाई भब्यता प्रदान गरेका छन् ।

लद्दाखको प्रवेशद्धार मानिने द्रास यस क्षेत्रको अर्को आकर्षक स्थान हो । यो भारतको सबैभन्दा चिसो स्थानमध्ये एक मानिन्छ ।

लद्दाख सँगैको कारगिलबाट सबैभन्दा टाढा रहेको एक स्थान जास्कर आफ्नो सुन्दरता र अलौकिक प्राकृतिक वनावटका कारण प्रख्यात छ ।

यहाँ पुग्ने एक मात्र विकल्प पैदल यात्रा हो । नदीले छुट्याएको यो क्षेत्र भारतबाट निकै अगल मानिन्छ । कूल ७ सय जनसंख्या रहेको यो क्षेत्रसम्मको यात्रा शाहसिक पदयात्रीका लागि रोमान्चक बन्ने गरेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here