नागरिकता विवादले मन्त्री पद गुमेपछि प्रधानमन्त्रीसँग रवि लामिछानेको दोस्रो भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटारमा भेटवार्ता भएको छ ।

मंगलवार बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको छ। नागरिकता विवादमा पदमुक्त भएपछि प्रधानमन्त्रीसँगको रविको यो दोस्रो भेट हो।

सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका स्रोतले जनाएको छ । प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्।

आइतबार पुनः नागरिकता लिएपछि रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा गृहमन्त्री आफ्नो भागमा पाउनु पर्ने रास्वपाले माग गर्दै आएको छ। तर, प्रधानमन्त्री प्रचण्डले भने तत्काल आफ्नो मातहतमा रहने जानकारी दिएका छन्।

एमालेले भने सहमति अनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह पाउनु पर्ने दबाब दिँदै आएको छ। तर माओवादी भने तत्काल नदिने मुडमा छ। यसले गर्दा सरकारमा खटपट देखिने संकेत देखिएको छ।

माओवादीले राष्ट्रपतिमा एमालेलाई नसघाउने संकेत गरेपछि एमाले माओवादीसँग सशंकित हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here