विकासका पूर्वाधार पु-याएर डोल्पालाई सुगम बनाइनेछ: प्रम ओली

क्लाउडपत्रिका
काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पु¥याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन् ।

डोल्पो समाजले सनिवार राजधानीमा आयोजना गरेको ल्होसार पर्वको साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सुर्खेतको छिन्चु देखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ती गरिने र डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘‘डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नती गरेर कर्णालीलाई सुगम बनाइनेछ,’ उनले भने ।

ओलीका अनुसार कर्णालीको परिचय बदलिनेछ । कर्णाली सुगम हुनेछ ।

प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिने पनि बताए । पातला बस्तीमा भौतिक सुविधा पु-याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाइ स्थानान्तरण गरेर एककिृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभुत सुबिधाहरु सबैलाई उपलब्ध गराइनेछ, उनले भने ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here