काठमाडौं । रवि लामिछानेको सांसद पद गएपछि चितवन–२ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । उपनिर्वाचनबारे बहस चलिरहँदा एक प्रतिस्पर्धी भने आफूलाई स्वतः विजयी भएको घोषणा गर्न निर्वाचन आयोगमा निवेदन बोकेर जान लागेका छन् ।
नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले कार्यालय खुलेपछि आयोगमा जाने तयारीमा रहेका हुन् । चितवन २ मा श्रेष्ठ १४ हजार ९८८ मत मात्र पाएर दोस्रो भएका थिए । लामिछाने उम्मेदवार बन्न नै योग्य भएसँगै दोस्रो भएको आधारमा आफूलाई स्वतः विजयी घोषणा गरिनुपर्ने श्रेष्ठको जिकिर छ ।