नेपाल टेलिकमको फाइभजीको आन्तरिक परीक्षण आजबाट, सर्वसाधारणले भने चलाउन नपाउने

काठमाडौं २२, माघ । नेपाल टेलिकमले आजबाट फाइभजी सेवाको आन्तरिक परीक्षण सुरु गरेको छ । आइतबार कम्पनीले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारी फाइभजी को परीक्षण शुरु गरेको हो ।

कम्पनीले फाइभजी नेटवर्कको आन्तरिक परीक्षण बबरमहल र सुन्धारा स्थित कार्यालय र केही समयपछी पोखरामा गरिने बताइएको छ। हाललाई सर्वसाधारणले भने फाइभजी चलाउन पाउने छैन ।

फाइभजीका लागि उपलब्ध मोबाइल उपकरणहरूको इकोसिस्टम तयार भइनसकेको भन्दै तत्कालै सर्वसाधारणलाई परीक्षणकालीन सेवा नहुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here