पचास लाख माथिको कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) अनिवार्य

काठमाडा, २१ साउन । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढीको कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेका छ ।

बैंकले साेमबार एक निर्देशिका जारी गरी ५० लाख रूपैयाँ वा सोभन्दा बढी कर्जा लिने भए अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको हाे ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले छुट्टाछुट्टै वा एकमुष्ट गरी रु ५० लाख वा सोभन्दा बढी रकमको ऋण लिनुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने छ ।

यसअघि एक करोड रूपैैयाँ वा सोभन्दा बढी रकमको ऋण लिँदामा मात्रै प्यान लिएको हुनुपर्ने व्यवस्था थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here