क्यान इन्फोटेकमा एनटीसी र एनसेलको सिम निःशुल्क

काठमाडौं, २५ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ ।

राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन हुने यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन् ।

जारी इन्फो डेभलपर्स क्यान इन्फोटेक २०२३ मा मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले निःशुल्क सिम वितरण गरेका छन् ।

मंगलबारदेखि सुरु भएको क्यान इन्फोटेकमा अवलोकनकर्ताले निःशुल्क रुपमा सिम लिन पाउने छन् । साथै आफ्नो निःशुल्क ई-सिम अपग्रेड गर्न पाउने पाउने बताएको छ ।

मेलामा टेलिकमले एनिभर्सरी अफर र एनसेलले होम एन्ड अवे डेटा प्याकेजबारे जानकारी दिइरहेको छ । मेलाको एसोसिएट स्पोन्सरमा डिसहोम फाइबरनेट रहेको छ । त्यस्तै, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् । टिकेटिङ पार्टनरमा पेवेल, बैंकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनर आइएमई जनरल इन्स्योरेन्सरहेका छन् ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनर र्‍याकेट बार एन्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सिसिटिभी पार्टनर इ–थ्री सेल्स एन्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् । मेलामा कुल दुई सय स्टल रहेका छन् ।

साथै, क्यान इन्फोटेक अवसर पारी नेपाल पर्यटन बोर्डको सभाहलमा माघ २५ गतेदेखि २८ गतेसम्म क्यान आइसिटी सम्मेलन हुँदै छ । यसअन्तर्गत माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सेमिनार हुनेछ । माघ २६ गते ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम गरी दुई विषयमा सेमिनार हुनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here