सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलाको १ लाख ४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन बुधबार दुई सय रुपैयाँ बढेर तोलाको १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलामा एक लाख चार हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here