च्याटबटको गलत जवाफले गुगललाई एक दिनमै १ खर्ब डलर घाटा

एजेन्सी । गुगलले सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा एकैदिन कम्पनीको शेयरमूल्यमा १०० अर्ब डलर बढीले गिरावट आएको छ ।

जस्तोसुक्कै जटिल प्रश्नको पनि जवाफ दिने दाबी गर्दै प्रचारप्रसारका लागि आयोजना गरिएको सर्च इभेन्टमा जेम्स वेब टेलिस्कोपबाट के कुरा पत्ता लाग्यो भन्ने आशयले सोधेको घुमाउरो प्रश्नको गलत उत्तर दिएको थियो ।

बार्डले जेम्स वेब टेलिस्कोपले पहिलो पल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचिएको आशय व्यक्त गरेको थियो । जुल गलत थियो । जबकी भेरी लार्ज टेलिस्कोप भीएलटीले पहिलो पल्ट पृथ्वीको सौर्यमण्डलबाहिरको तस्वीर खिचेको थियो ।

परीक्षणकै अवधि भएकाले ‘बार्ड’ले गलत जवाफ दिएको गुगलका एक प्रवक्ताले स्वीकारेका छन् । गुगलले ‘बार्ड’को प्रचार गर्दै ट्वीटरमा उक्त च्याटबटले जटिल प्रश्नको उत्तर सही तरिकाले दिन्छ भन्ने दाबी गरेको थियो । बार्ड च्याट जीपीटीजस्तै आर्टिफिसिएल इन्टेलिजेन्स हो ।

संसारभरका ज्ञानलाई कुराकानीका आधारमा अझै फैलाउन बार्ड ल्याएको बताइएको छ । यसले एलएएमडीए नामक शक्तिशाली एआइ मोडलको सानो संस्करण प्रयोग गरेको छ । जुन गुगलले सन् २०२१ मै बनाइकेको थियो । तर हालसम्म प्रयोगमा ल्याएको थिएन ।

यी मोडेललाई इन्टरनेटमा रहेका जानकारीहरू उपलब्ध गराइन्छ जसले गर्दा हामीले लिखित रूपमा सोधेका अधिकांश प्रश्नको सजिलै जवाफ दिन्छन् ।
गुगल र ओपनएआई दुवैले टेक्स्ट जेनरेशन सफ्टवेयरमा आफ्ना बटहरू निर्माण गरिरहेका छन् ।

प्रयोगकर्ताले सोधेका प्रश्नहरूको सटिक जवाफ दिने गरी तयार पारिएको छ । नोभेम्बर ३१, मा सार्वजनिक भएको ओपन एआईको च्याटबट च्याटजीपीटी हाल विश्वभरी चर्चाको विषय बनेको छ ।

च्याटजीपीटीको लोकप्रियताले गुगलको सर्च इन्जिन हराउने आंकलन गरिरहेको अवस्थमा बार्ड ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here