युवापुस्ताको आकर्षण बन्यो क्यान इन्फोटेक,हेर्नुस तस्विर

काठमाडौं,२७ माघ । भृकुटीमण्डपमा जारी ‘क्यान इन्फोटेक २०२३’ मा बिशेषगरी विद्यार्थीहरुको भीड लागेको छ।

विभिन्न क्याम्पस तथा स्कुलका विद्यार्थीहरुले स्थानीय उत्पदनहरुमा चासो दिएको देखिन्छ ।

नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा अवलोकनकर्ताको चासो बढेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

उनका अनुसार कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता धेरै छन् ।

विगतका इन्फोटेकको तुलनामा यसपाली युवाहरूको क्रेज बढेको उनले दाबी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here