नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । बुधबार दिउँसो नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। सिम प्रयोगकर्ताहरूले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नै नलागी काटिने, मेसेजिङ, डेटा नचल्ने जस्ता समस्या देखिएका हुन्। टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।