यशू ख्रीष्टको नक्कल गर्न ४० दिनसम्म ब्रत बस्न खोज्दा पास्टरको मृत्यु

एजेन्सी । एक पास्टरले बाइबलमा यशु ख्रीष्टले गरेको कुराको अनुकरण गर्दै ४० दिनसम्म उपवास बस्ने प्रयास गरेपछि मृत्यु भएको छ ।

दक्षिण अफ्रिकी देश मोन्जाबिकमा फ्रान्सिस्को बारजाह नामका ३९ वर्षीय पास्टरको रक्त अल्पताल र पाचन अंगहरु फेल भएर मृत्यु भएको बीबीसीले जनाएको छ ।

उनि सान्ता ट्रिन्डेड इभान्जेलिकल चर्चका संस्थापक हुन् । २५ दिनसम्म ब्रत बस्दा अवस्था नाजुक भएपछि आफन्तको जोडबलमा उनलाई बीरा शहरको एक अस्पताल लगिएको थियो ।

यसअघि २०१५ मा जिम्बाब्बेका एक व्यक्तिको ३० दिनमा मृत्यु भएको थियो । २००६ मा पनि यसरी नै ब्रत बस्न खोज्दा २० दिनमा एक महिलाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here