भारतमा रहेका ट्वीटरको दुईवटा कार्यालय बन्द

एजेन्सी । ट्‍वीटरले भारतका प्रमुख शहरमा रहेका तीन मध्ये दुईवटानयाँदिल्ली र व्यापारिक शहर मुम्बईमा रहेका कार्यालय बन्द गरेको छ । खर्च कटौतीकै कदमको रुपमा इलन मस्कले कम्पनी किनेपछि भारतका करिब २ सय जना कर्मचारीलाई गत नोभेम्बरमै निकालेका थिए।

अन्ततः उनले दिल्ली र मुम्बईमा रहेका ट्वीटरका कार्यालय नै बन्द गर्ने निर्णय गरेका हुन् । अब भारतका लागि बैंगलोरमा एउटा कार्यालय मात्रै रहेनछ। जुन अमेरिकी मुख्यालय मातहत रहनेछ।

ट्‍वीटरको भारतीय कार्यालयमा रहेका तीनजना कर्मचारीमध्ये एकजना ‘कन्ट्री लिडर’ छन्। बाँकी दुईमध्ये एकलाई उत्तर-पूर्वी भारत र अर्कालाई दक्षिण-पश्चिम क्षेत्रको जिम्मेवारी दिइएको छ।

आर्थिक संकटका कारण ट्वीटरले सनफ्रान्सिस्को तथा लण्डनस्थित कार्यालयहरुको भाडा समेत तिर्न सकेको थिएन । जसका कारण कन्ट्रयाक्टरहरुले ट्वीटरमाथि मुद्दा हालेका थिए । ट्वीटर कम्पनी लामो समयदेखि घाटामा चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here