अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा पनि, केके छन् विशेषता ?

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सिन्धुलीमा सार्वजनिक गरेको छ ।

ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो आइतबार एक कार्यक्रमकाबीच सिन्धुलीमा सार्वजनिक गरेको हो ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता इनर्जी प्रालिले कमलामाई नगरपालिका –६ राम्माडी, सिन्धुलीमा एक कार्यक्रमबाीच उक्त अटो सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीका नगर प्रमुख मेयर उपेन्द्र कुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका साथै अग्नि अग्नि ग्रुपका प्रतिनिधिहरूको उपस्थितीमा सार्वजनिक गरिएको हो ।

सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको कम्पनीले जनाएको छ ।

अग्नि इनर्जीका कमलामाई नगरपालिका –६ राम्माडी, सिन्धुली लागि बिक्रेता मरिण इभरग्रिन ईन्टरप्राइजेज प्रा. लि.का प्रबन्ध निर्देशकद्वय खडकबहादुर श्रेष्ठ र टिकाबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् ।

उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ । महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटीका उत्पादनहरू केन्द्रीत क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।”

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ ।

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख रुपैयाँ (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् ।

महिन्द्रा ट्रियो १० हजार बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठुलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दुरी तय गरिसकेकोे छ ।

ट्रियो ठूलोमात्र नभइ, विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । य

स सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ ।

महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरू

१. पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने ।

पेट्रोल थ्री व्हीलरका तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत हुने ।

– पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत ।

– दैनिक ‘इन्धन/ऊर्जा’ मा खर्च हुने रकम १०० रुपैयाँ भन्दा कम – फूल चार्ज आठ युनिट, प्रतियुनिट १२ रुपैयाँ र १२० किमी गुड्ने ।

२. उत्कृष्ठ पर्फेमेन्स

– उद्योगकै सर्वश्रेष्ठ (बेस्ट इन इन्डस्ट्री) ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क ।

– बूस्ट मोडः आफ्नो ड्राइभिङ अनुभवलाई बढाउँदै प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिड र सो गति चाँडै प्राप्त गर्न सकिने ।

– प्राविधिक रूपमा उन्नत आइपी६७– रेटिङको मोटरले धूलो र वर्षाविरुद्ध सुरक्षा प्रदान गर्छ ।

– प्रतिचार्जमा १३० किमीसम्मको प्रयोगयोग्य ड्राइभिङ दायरा – एक दिनमा बहु–यात्रा = थप आय

३. उन्नत लिथियम आयोन ब्याट्री ।

– मर्मत–सम्भारमुक्त, १ लाख ५० हजार किलोमिटर ब्याट्रीको आयु ।

– ट्रियो अटो चार्ज गर्न तपाईंकोे मोबाइल चार्ज गर्नु जत्तिकै सजिलो

घरैमा १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिने ।

४. थकानमुक्त ड्राइभिङ अनुभव

–ट्रिओ प्रत्यक्ष–ड्राइव प्रसारण प्रणालीयुक्त (डाइरेक्ट ड्राइभ ट्रान्समिन युक्त) छ । गियर बद्लिनु पर्ने वा क्लच सञ्चालन गर्नुपर्ने हुँदैन ।

– २,०७३ मिलिमिटरको अग्लो ह्विलबेसले चालक र तीन जना यात्रुलाई आरामदायी सिटमा बस्नसक्ने फराकिलो क्याबिनलाई सक्षम बनाउँछ ।

– १२.७ डिग्रीको उच्चस्तरीय उचाइ चढ्न सक्ने क्षमता (ग्रेडिबिलिटी)ले यस्तो झुकाव लिनु ट्रिओको लागि सहज कुरा हो भन्ने सुनिश्चित गर्छ ।

५. आकर्षक डिजाइन

– यसको चित्ताकर्षक नीलो र सेतो रंगको रूपरेखाले सडकमा धेरैको ध्यानाकर्षण गर्नेछ ।

– डेन्ट–प्रतिरोधी, खियामुक्त, मोड्युलर एसएमसी प्यानलहरूले मम्र्मत र प्रतिस्थापन गर्न सजिलो प्रदान गर्दछ ।

–एग्रोनोमिकल्ली डिजाइन गरिएको सबै–डिजिटल उपकरण कन्सोलले ड्राइभिङ दायरा, ब्याट्री चार्ज आदि जस्ता महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराउँछ ।

६. उत्कृष्ठ (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि

– टिेयो इलेक्ट्रिक तीन वर्ष वा ८० हजार किमी वारेन्टीसहित आउँछ – यो हाल नेपालमा अन्य अटोहरूभन्दा धेरै हो ।
– ब्यापक डिलर नेटवर्क ।

७. विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो मोबिलिटी प्लेटफार्म ।

–टाढाबाटै गाडीको दायरा, जिओ–फेन्स, ट्रयाक स्पिड, स्थान र अन्य धेरै कुरा निगरानी गर्न सकिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here