सीसीटीभी हेरेरै नियम उल्लङ्घन गर्ने ४३१४ जना चालक कारबाहीमा

काठमाडौं । सीसीटीभी कन्ट्रोल रुमले दिएको सूचनाका आधारमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्ने ३ हजार २९२ र फरार रहेका १ हजार २२ गरी ४ हजार ३१४ जना चालकलाई पक्राउ गरी कारबाही गरेको छ ।

कार्यालयका अनुसार साउनमा ३४१, भदौमा ६८०, असोजमा ४८२, कात्तिकमा ३६६, मंसिर६६२, पुसमा ९२५, माघमा ८१४ र फागुनमा ४४ जना कारबाहीमा परेका हुन् ।

चालकलाई कानुनको दायरामा ल्याउन विसं २०७४ बाट सीसीटीभी र २०७५ बाट ‘सर्भिलेन्स भेहिकल’ द्वारा निगरानी गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here