उपत्यकामा ‘स्पीड लिमिट’ तोकियो, प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गुडाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा सवारीको गति तोकिएको छ ।

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सडकको भौतिक अवस्थालाई मध्येनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सडक अनुसार सवारीको गति तोकेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था अनुसार सवारीको गति तोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार कलंकी-कोटेश्‍वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने छ ।

त्यसैगरी, कोटेश्‍वर-भक्तपुर सडकखण्डमा प्रतिघण्टा ५० किलोमिटर गति तोकिएको छ । साथै उपत्यकाको अन्य स्थानमा आवश्यकता अनुसार गति माी तोकी सोही स्थानमा बोर्डहरू राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तोकिएको सडकमा तोकिएकोभन्दा बढी गतिमा सवारी चलाए कारबारी र जरिवाना हुने ट्राफिक प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here