प्राथमिकता प्राप्त क्षेत्रमा राष्ट्र बैंकको निर्देशन पालना भएन, तोकिएको कर्जा प्रवाह गर्न बैंक असफल

काठमाडौं २४, साउन । २०७६ असारसम्म कृषि, उर्जा तथा पर्यटनमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा प्रावह गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ । दिइएको समयमा बैंकले न्यूनतम कर्जा प्रवाह नगरे नपुग रकममा राष्ट्र बैंकले उच्च ब्याजदरका दरले हर्जाना लिने भनिसकेको छ ।

निर्देशन अनुसार बैंकले कृषिमा कुल कर्जाको न्यूनतम १० प्रतिशत र उर्जा तथा पर्यटनमा कुल कर्जाको न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थाले उक्त निर्देशन पालना गरेका छैनन । वाणिज्य बैंकहरुले कुल कर्जाको करिब ९.१ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेको राष्ट्र जप्रतिशत कर्जा उर्जा र पर्यटनमा प्रवाह भएको उनले बताए ।

प्रवक्ता निरौलाको भनाइलाई आधार मान्दा पनि बैंकहरुले राष्ट्र बैंकले तोकेको न्यूनमत सीमा भन्दा करिब ७ प्रतिशतले कम मात्र लगानी प्राथमिक क्षेत्रमा गरेका छन् ।

यो औसत तथ्यांक हो । राष्ट्र बैंकको निर्देशन व्यक्तिगत बैंकका लागि हो । केही बैंकले उर्जामा बढी, केहीले कृषिमा बढी र केहीले पर्यटनमा धेरै कर्जा प्रवाह गरेकाले औसतमा करिब साढे १८ प्रतिशत कर्जा कृषि, उर्जा र पर्यटनमा गएको देखिएको हो । तर, व्यक्तिगत रुपम हेर्दा अपवाद बाहेक धेरै बैंकबाट राष्ट्र बैंकको निर्देशन पालना नभएको बैंकरहरु बताउँछन् ।

यस्तै, विकास बैंकले कुल कर्जाको न्यूनमत १५ प्रतिशत र वित्त कम्पनीले न्यूनतम १० प्रतिशत कर्जा कृषि, उर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । तर, गत जेठसम्म विकास बैंक र फाइनान्स कम्पनीले पनि राष्ट्र बैंकको निर्देशन पालना गरेका छैनन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here