आठ दलीय गठबन्धनको बैठकमा एलिजा गौतम पनि सहभागी

काठमाडौं । रामचन्द्र पौडेललाई राष्ट्रपतिमा साझा सहमति गरेपछि ८ दलको औपचारिक बैठक पहिलोपटक बसिरहेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रपति उम्मेदवार बनेका नेता रामचन्द्र पौडेल सहभागी छन्। त्यस्तै नेकपा माओवादी केन्द्रका देव गुरुङ, शक्ति बस्नेत सहभागी छन्।

त्यस्तै बैठकमा नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेतृ एलिजा गौतम सहभागी छन्। उनी केही दिन अघिमात्र नागरिक उन्मुक्ति पार्टीमा प्रवेस गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here