प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित भएको छ ।

प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने तय भएको थियो । प्रधानमन्त्री दाहालले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here